Websoft University

किसानहरुले भारतमा आन्दोलन थप चर्काउँदै,माग पुरा नभए अरु आन्दोल चर्काउने घोषणा


काठमाण्डौ मंसिर २० गते । रातो तारा डट कम,भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरुले आन्दोलन थप चर्काउँदै लगेका छन् । आन्दोलन अन्तरगत किसानहरुले आगामी डिसेम्बर ८ अर्थात् मंसिर २३ मा भारत बन्दको घोषणा गरेका छन् । 

उनीहरुले कृषि कानुनको विरोधमा आन्दोलन चर्काएको आज दशौं दिन हो । केन्द्र सरकार र किसानबीच आज शनिबार फेरि वार्ता हुँदैछ । वार्ताको अघिल्लो दिन हिजो उनीहरुले भारत बन्दसहितका आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका हुन् । अब दिल्ली प्रवेश गर्ने थप सडकहरु समेत बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् । किसानको आन्दोलनप्रति समर्थन पनि बढ्दै गएको छ । 

पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता बनर्जीले पनि आन्दोलनमा समर्थन जनाउनुभएको छ । उहाँले केन्द्र सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरुको साथमा रहेको बताउनुभएको हो । यस्तै, लेखकहरुसहित विभिन्न प्रतिष्ठित व्यक्तिहरुले किसानहरुको समर्थनमा सरकारले प्रदान गरेका पुरस्कारहरु फिर्ता गर्ने घोषणा पनि गरेका छन् । 

पछिल्ला ९ दिनदेखि लाखौँको संख्यामा पञ्जाब, हरियाणासहित कैयौँ राज्यका किसानहरु दिल्लीको सीमामा पुगेर आन्दोलन गरिरहेका छन् । किसानहरुले केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा ‘दिल्ली चलो’ आन्दोलन देशव्यापी बनाएका हुन् । कृषि कानुन खारेज गर्नुपर्ने उनीहरुको माग छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.