Websoft University

हुम्लामा बिरामी बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु


काठमाण्डौ मंसिर २० गते । रातो तारा डट कम,हुम्लामा बिरामी बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छ । हेप्काखोलाबाट बिरामी लिएर सदरमुकाम सिमकोट फर्कदै गरेको लु २ च २१०२ नम्बरको जीप डाँडाफयामा राति १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले हुम्लाले जनाएको छ । दुर्घटनामा सिमकोट ७ का ३० वर्षका पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ, उहाँका श्रीमान ४५ वर्षका गुरु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । सिमकोट २ ठेहेका जीप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीका कल्पना सिंह, सिमकोट ८ खाल्सीका एक वर्षका बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकै सम्झना शाही, नाम्खा गाउँपालिका वडा नम्बर १ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह घाइते भएका छन् । घाईतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सीताराम बिष्टले जानकारी दिनुभयो । (जनक शाही, रेडियो कैलाश, हुम्ला) 



 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.