Websoft University

मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ


सुनसरी, पौष १ गते । रातो तारा डट कम,सुनसरीको इटहरी-६ बाट हराएको प्रदेश १-०५-००१ प ०२०७ नम्बरको मोटरसाईकल चोरीमा संग्लग्न रहेका २ जना चोरी भएको मोटरसाईकल सहित पक्राउ परेका छन् । गत २८ गते ईटहरी -६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले मंगलवार राती ८ बजे ईटहरी ९ मा नम्बर प्लेट परिवर्तन गरेर कुदाईरहेको अवस्थामा मोटरसाईकल सहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा झापाको डाँगिवारीका १९ बर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ बर्षीय बिजय चौधरी रहेका छन् । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.