Websoft University

सहुलियतपुर्ण कर्जा दिन बाणिज्य बैक सँग नगरपालिकाले गर्यो सम्झौता

 


बेलबारी मोरङ मंसिर  २९ गते । रातो तारा डट कम,  बेलबारी नगरपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सँग सम्झौता गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । युवाहरूलाई अफनै नगरमा स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले युवाहरुलाई नगरपालिका आफै बिना धितो सहुलियतपुर्ण कर्जा दिने गरी कार्यक्रम अगाडि बढाइएको छ । 

नगरपालिकाले सहुलित पुर्ण कर्जाका लागि कार्यविधिनै बनाएको थियो ।  नगरपालिका आफै ग्यारेन्टी (धितो)गरेपछि  ५ लाख सम्म सहुलियत पुर्ण कर्जा दिने छ । जसका लागि २ प्रतिशत ब्याजदर कर्जा लिन समुह फर्मले ले बैकलाई बुझाउनु पर्ने छन भने थप ब्याज नगरपालिकाले बैकलाई आफै बुझाउने छ । सुहलियतपुर्ण कर्जा लिनका लागि ५–५ जनाको समूहलाई बिनियोजन गरीने नगर प्रमुख सुवेदीले बताए । समुहको ब्यबस्थापन, समुहरुलाई सहजिकरण, अनुगमन तथा कार्यानयन गर्नका लागि नगरपालिकाले छुटै कर्मचारीहरुको समेत ब्यबस्थापन गरेको छगरीसेको नगरपालिकाको कार्यालयले जनाएको छ ।  कर्मचारीहरुले समुह हरुलाई सहजिकरण गर्ने छन ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बेलबारी नगरापलिकाको कामको प्रशंसा गरेका छन ।उनले अन्य स्थानियतहरुले समेत बेलबारी बाट केहि सिक्नु पर्ने बताए । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सहुलियतपुर्ण  कर्जाले नगरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षको आधारभूत रुपमा विकास गर्न सघाउ पुग्ने धारणा व्याक्क्त गरे । 

यो कार्यक्रम प्रदेश १ मा नयाँ तथा पहिलो कार्यक्रम भएको नगरपालिकाले दावि गरेको छ । यो कार्यक्रमले बिदेश जाने उमेर समुहका युवाअरुलाई प्रत्यक्ष फाईदा पुग्ने विश्वास गरीएको छ ।   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.