Websoft University

लागुऔषध सहित ३ जना पक्राउ

 


झापा, मंसिर २९ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-७ बाट आईतवार बेलुका पौने ६ बजे नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । उक्त स्थानमा पैदल हिडिरहेका सुन्दरहरैचा नगरपालिका-४ का १९ बर्षीय सौरभ बस्नेत, उर्लावारी नगरपालिका-९ का ३० बर्षीय चन्द्र गुरुङ र ईलामका २३ बर्षीय समर तामाङलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध डाईजोपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र फेनारागन ६ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.