Websoft University

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोनाविरुद्धको पहिलो डोज लगाइयो


अन्तराष्ट्रिय समचार–काठमाण्डौ पुस ७ गते । रातो तारा डट कम, अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर र बोयोनटेकको कोरोना खोपको पहिलो डोज लगाउनुभएको छ । बाइडेनले खोप लगाएको दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । फाइजरको कोरोना खोप सुरक्षित भएको सन्देश अमेरिकी जनतालाई दिन आफूले पहिलो डोज लगाएको बाइडेनको भनाइ छ । उहाँले डेलावेयरको नेवार्कमा खोप लगाउनुभयो । बाइडेनले आफ्नी पत्नी जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएको जानकारी दिनुभयो । नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एम्हाफले आगामी साता खोप लिने अपेक्षा गरिएको छ । यसअघि उपराष्ट्रपति माइक पेन्स र अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ की सभामुख नैन्सी पेलोसीले पनि खोपको पहिलो डोज लगाइसक्नुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.