Websoft University

जग्गाको कित्ताकाट फेरी रोकियो


काठमाण्डौ मंसिर २४ गते । रातो तारा डट कम,सर्वोच्च अदालतले जग्गा कित्ताकाटको निर्णय रोक्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश मनोज शर्माको संयुक्त इजलासले हिजो सरकारको नाममा रिट जारी गर्दै यस्तो फैसला गरेको हो । सर्वोच्चको यो फैसलासँगै जग्गाको कित्ताकाट खुला गर्ने आफ्नै निर्णय कार्यान्वयनबाट सरकार पछि हट्नुपर्ने भएको छ ।  गत भदौको २८ गते अधिवक्ता सन्तोष भण्डारीले जग्गा कित्ताकाटको सरकारी निर्णयविरुद्ध चुनौती दिँदै सर्वोच्चमा रिट दायर गर्नुभएकोथियो । रिटमाथिको सुनुवाइपछि जग्गाको कित्ताकाट रोक्दै कृषियोग्य जमिन नमास्न आफूले रिटमार्फत गरेको माग सम्बोधन भएको अधिवक्ता भण्डारीले बताउनुभएको छ । सरकारले गत भदौको १८ गते जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो, जुन सरकारी निर्णय २०७३ सालमा सरकार आफैले गरेको निर्णय विपरीत थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.