Websoft University

विद्यार्थीका लागि ‘इ–क्लास नेपाल’ एप–सार्वजनिक


काठमाण्डौ मंसिर २४ गते । रातो तारा डट कम,सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ‘इ–क्लास नेपाल’ एप सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्माण गरेको एप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले हिजो सार्वजनिक गर्नुभएको हो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला घरमै बसेर सुरक्षित तरिकाले सिकाइलाई निरन्तरता दिने उद्देश्यले एप ल्याइएको केन्द्रका निर्देशक एवम सूचना अधिकारी माधव दाहालले सीआईएनलाई जानकारी दिनुभयो । केन्द्रका अनुसार एपमा यसअघि तयार पारिएका अनलाइन शैक्षिक सामग्री, युट्युब, इबुक्स, पाठ्यपुस्तकमा समेटिएका प्रत्येक पाठ विद्यार्थीले पढ्न सक्नेछन् । कक्षा ११ र १२ को पाठ्यसामग्री पनि एपमा समेट्ने प्रयास भइरहेको केन्द्रले जनाएको छ ।







 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.