Websoft University

घरेलु फुटबलमा महिलाको प्रतियोगितालाई प्राथमिकतामा राख्ने

 


काठमाण्डौ मंसिर १७ गते । रातो तारा डट कम,अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु फुटबलमा महिलाको प्रतियोगितालाई प्राथमिकतामा राख्ने भएको छ । एन्फाले महिला फुटबललाई प्राथमिकतामा राख्दै विभिन्न योजनाहरु अघि बढाएको जनाएको छ । 

जस अन्तर्गत एन्फाले माघ र फागुनमा महिला लिग सकाउने योजना बनाएको छ । गत चैतमा चलिरहेको ‘बी’ डिभिजन लिग र बाकी रहेको ‘सी’ डिभिजन लिगलाई मात्रै टुंग्याउने तयारी गरिरहेको एन्फाले चैतमै तय भएको महिला लिगलाई समेत प्राथमिकतामा राखेको हो । कोरोना महामारीपछि चैतबाट लकडाउन सुरुसँगै एन्फाले महिला लिगलाई स्थगित गरेको थियो । 

तर, लिगका लागि फाइनल चरणको छनोट बाहेक अन्य छनोट चैत अघि नै सकिएको थियो । फाइनल चरणका लागि वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका छनोट भएका थिए । काठमाडौंमै गर्ने तयारी गरिएको फाइनल चरणमा तीन विभागीय क्लब एपीएफ, आर्मी र पुलिस समेत सहभागी हुने छन् ।

एन्फाले प्रतियोगिताको तयारी गर्न र प्रतियोगिताबारे जानकारी केहि दिनमै सहभागी टिमलाई पत्र पठाउने तयारी गरेको जानकारी दिएको छ । एन्फाले सहभागी ४ टिमको जवाफ आएपछि लिगको मिति घोषणा गर्नेछ । गत वर्षको मंसिरमा पोखरामा आयोजना भएको १३ औं दक्षिण एसियाली प्रतियोगिता (साग) यता महिला टिमले अन्तराष्ट्रिय खेलमा सहभागीता जनाउन पाएका छैनन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.