Websoft University

सार्वजनिक जग्गा संस्था तथा व्यक्तिलाई प्रयोग गर्न नदिन सरकारको निर्देशन


काठमाण्डौ मंसिर १७ गते । रातो तारा डट कम,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बहानामा संस्था तथा व्यक्तिलाई प्रयोग गर्न नदिन निर्देशन दिएको छ । हिजो मन्त्रीस्तरीय निर्णय गरी मन्त्रालयले सात सय ५३ स्थानीय तहलाई नै यससम्बन्धी परिपत्र गरेको छ ।  कतिपय स्थानीय तहले क्लब तथा विभिन्न संघसंस्थालाई सरकारी जग्गा उपलब्ध गराउने तथा लिजमा दिने गतिविधि देखिएपछि यस्तो परिपत्र गरेको मन्त्रालयले जनाएको छ । संघीय मन्त्रिपरिषद्को निर्णयबाट मात्र सरकारी तथा सार्वजनिक जग्गा कसैलाई दिन सकिने कानुनी प्रावधान छ । केही स्थानीय तहले आफ्नो क्षेत्राधिकार मिचेकाले यस्तो परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता, सहसचिव वसन्त अधिकारीले बताउनुभयो । 


  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.