Websoft University

प्रदेश १ मा १ सय डिस्चार्ज, ६३ संक्रमित थपिए

 


विराटनगर, ७ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ४९५ पुगेको छ ।

प्रदेश १ मा आज ६३ जना संक्रमित थपिएका छन् । मोरंगमा ३३, सुनसरीमा १८, झापामा ३, उदयपुर र ते¥हथुममा २–२ र प्रदेश १ बाहिर ५ जनामा संक्रमण देखिएको  सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा २३, बुढीगंगामा ४, बेलबारी, कानेपोखरी, रंगेली, धनपालथान, कटहरी र सुनबर्षीमा १–१, सुनसरीको धरानमा ११, इटहरीमा ३, इनरुवा, गढी, दुहवी र रामधुनीमा १–१, झापाको मेचीनगरमा २ र दमकमा १, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४८९ पुगेको छ । 

प्रदेश १ मा आज ५४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ५ हजार ५५० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.