Websoft University

सिद्धिचरण राजमार्ग अन्तरगत कटारी घुर्मि सडक खण्ड स्थानीयले अवरुद्ध गरे


गाइघाट ७ पौष । रातो तारा डट कम,धुलाम्मे सडकले स्वास्थ्यमा समस्या पारेको भन्दै स्थानीयले सिद्धिचरण राजमार्ग अन्तरगत कटारी घुर्मि सडक खण्डको मरुवामा बाटो अबरुद्ध गरेकाछन । बाटो बिस्तारको क्रममा ठेकेदार ले पुर्ब सहमती अनुरुप बाटोमा पानी नहाल्दा दैनीक रुपमा चल्ने सवारी साधनले धुलो उडाउदा स्थानीय बासीन्दा हरु लाइ समस्या परेपछी मंगलबार बिहान ३ घण्टा टाएर बालेर स्थानीयले सडक मा अबरोध खडा गरेका थिए । कटारी नगरपालीका ४ अस्पताल चौक देखी ३२ सय मिटर मरुवा सम्म कालो पत्रे गर्ने क्रममा ठेकेदारले बाटो भत्काएर काम अलपत्र पारेकाछन । समयमा पिचको काम नहुदा सडक आसपासका बस्ती धुलाम्मे हुन पुगेको छ । गत असार मसान्त भित्रै पिच गरीसक्नु पर्ने भए पनि ठेकेदारले काम शुरु नगर्दा काममा ढिलाइ भएको जिल्ला पा्रबिधिक कार्यालय उदयपुरका इन्जीनियर रमेस कार्कीले बताए । स्थानीय बासीन्दाले गरेको सडक अबरुद्ध  पछि झण्डै चार घण्टा उक्त सडक खण्डमा सवारी आगमन बन्द भएको थियो । पछि स्थानीय जनप्रतिनिधिको रोहबरमा ठेकेदारले दिनमा दुइ पल्ट पानी हाल्ने सहमती गरेपछी अबरुद्ध स्डक खुलेको वडा न ५ का बडा अधक्ष्य कृष्ण राज दनुवार ले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.