Websoft University

सुनसरीलाई सडकमानवमुक्त वनाउने


 फायल फोटो-इटहरी पुस ७ गते । रातो तारा डट कम, सुनसरीलाई सडक मानव मुक्त वनाउन पुष १० गते इटहरीमा वृहत कार्यक्रम गरिने भएको छ । प्रदेश सरकारले प्रदेश १ लाई सडक मानवमुक्त वनाउने अभियान अन्र्तगत सुनसरी जिल्लामा पुष १० गते कार्यक्रम गर्न लागिएको हो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालय,सुनसरीका स्थानीय पालिकाहरु र मावन सेवा आश्रमको सहकार्यमा सुनसरीलाई सडकमानवमुक्त वनाउन लागिएको हो । पुष १० गते शुभारम्भ पार्टी प्यालेस इटहरीमा हुने कार्यक्रममा सुनसरीका १२ वटै पालिकाका सडक मानवहरुलाई भेला गराएर नुहाइदिने,केश काटिदिने र नयाँ लुगा प्रदान गरेर सहभोजको कार्यक्रम छ । उपप्रमुख गौतमका अनुसार सहभोजमा सामाजिक विकास मन्त्री जीवन घिमिरे,सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख उपप्रमुखको सहभागिता रहने छ । कार्यक्रमको ब्यवस्थापन इटहरी उपमहानगरले गर्ने छ ।कार्यक्रम पछि सडक मानवहरुलाई मानव सेवा आश्रम विराटनगरमा राखिने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.