Websoft University

उखु किसानलाई सरकारले दिने अनुदान नपाए पछि किसाहरु काठमाण्डौ पुगे


काठमाण्डौ पुस ८ गते । रातो तारा डट कम,कपिलवस्तुका उखु किसानहरु सरकारले दिने अनुदानको रकम लिन आठ दिनदेखि काठमाडौँमा आन्दोलनरत छन् । आर्थिक वर्ष २०७१÷०७२ मा सरकारले ५ सय ६१ रुपैयाँ तोकेको उखुको समर्थन मूल्य चिनि मिल सञ्चालकहरुले ५ सय ३६ रुपैयाँमा खरिद गरेको थियो । 

बाँकी भएको २५ रुपैयाँ सरकारले अनुदान स्वरुप उखु किसानलाई दिने भनेको साढे ५ वर्ष बितिसक्दा पनि किसानले पाउन सकेका छैनन् । सर्लाहीका उखु किसानहरुले आन्दोलन सुरु गरेपछि कपिलवस्तुका किसानहरु पनि काठमाडौं आइपुगेका हुन् । उनीहरु सरकारले दिने भनेको अनुदानका लागि ३४ औं पटक काठमाडौं आएको उखु किसान अनुप चौधरीले बताउनुभयो । 

आर्थिक वर्ष २०७१÷०७२ मा सरकारले तोकेको उखुको समर्थन मूल्य ५ सय ६१ थियो । तर, चिनी मिल सञ्चालकहरूले सरकारले तोकेभन्दा २५ रुपैयाँ कम अर्थात ५ सय ३६ रुपैयाँमा खरिद गर्ने सहमति गरे । बाँकी रहेको २५ रुपैयाँ किसानलाई अनुदान दिने निर्णय गरेर पठाएइएको पैसा ५ वर्षसम्ममा पनि किसानले पाएका छैनन् । 

सरकारले दिने भनेको उखुको अनुदान रकम कपिलवस्तुका मात्रै ८ हजार किसानले पाउन बाँकी छ । जुन रकम झन्डै २ करोड ४८ लाख हुन आउँछ । त्यसबाहेक २०७३ सालदेखि उखु बिक्रि गरेको रकम पनि चिनी मिलले दिएका छैनन् । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.