Websoft University

विद्यालयहरु खोल्न स्वास्थ्य मन्त्रालय तर्क


काठमाण्डौ मंसिर २७ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नोबेल कोरोना भाइरसको जोखिम अझै नघटेको अवस्थामा देशभर विद्यालय खुल्न थालेकोमा ध्यानाकर्षण भएको जनाएको छ । जोखिम कम भएको क्षेत्रमा स्वास्थ्यका मापदण्ड अपनाउँदै विद्यालय खुल्न थालेका छन् । 

तर यसबारेमा कुनै पनि निर्णय नभएको र आफूखुसी विद्यालय खोलेको सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । सीआईएनसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयले विद्यालय खोल्नु नभनेकाले अब बन्द गर्नु भन्न आवश्यक नरहेकाले कुनै पनि निर्देशन नदिइएको बताउनुभयो । 

तर यसअघि शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले भने मापदण्ड पालना गर्दै विद्यालय खोल्न सक्ने गरि निर्देशिका बनाइसकेको छ । कोरोनाको जोखिम कम नभएसकेको अवस्थामा विद्यालय खोल्दा जोखिम कायमै रहेको सरुवारोग विशेषज्ञ  डा. शेरबहादुर पुनले सीआईएनसँग बताउनुभयो । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.