Websoft University

मानव अधिकारको अवस्थामा सुधार हुन नसकेको ठहर

 


काठमाण्डौ मंसिर २३ गते । रातो तारा डट कम,मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ । आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गर्दै भविष्यमा सुधारको अपेक्षा गरिएको जनाएको हो । आयोगको प्रतिवेदनले औँल्याएका विषयको कार्यान्वयन तथा नागरिकको मानव अधिकार संरक्षण र संवर्द्धन संवेदनशील हुन आयोगले सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । समाजमा जातीय भेदभाव कायमै रहेको,जीवनको अधिकारमा चुनौती देखिएको, उपभोक्ताका अधिकार कुण्ठित भएका, शिक्षा तथा स्वास्थ्य सेवामा सबैको पहुँच हुन नसकेको पाइएको आयोगका प्रवक्ता डाक्टर टिकाराम पोख्रेलले बताउनुभयो । सीमान्तकृ्त वर्ग एवम् समुदायका अधिकार सुनिश्चित हुन नसकेको र कोभिड–१९ का कारण विश्व समुदायसँगै नेपाल पनि प्रभावित बनेको अवस्थामा जनताको स्वास्थ्य क्षेत्रमा नकारात्मक असर परेको आयोगले बmुझाएको प्रतिवेदनमा उल्लेखछ । प्रतिवेदनमा यस अवधिमा मानव अधिकार उल्लङ्घनका १ सय ३२ उजुरी दर्ता भएका छन् । नयाँ दर्ता भएका र पुराना गरी ७ सय ९५ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको र मानव अधिकारका विविध विषयमा १ सय २८ पटक अनुगमन भएको उल्लेख छ । सीआइएनबाट



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.