Websoft University

मोटरसाईकल चोरी गर्ने ४ जना प्रहरी फन्दामा परे

 



बिराटनगर पुस ७ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं ४ स्थित नोवेल अस्पतालको परिसरमा पार्किङ गरी राखिएको चुडामणी कार्कीको नाममा रहेको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको भनि मिति २०७७।०९।०६ गते रविन्द्र खत्रीले जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित निवेदन दिएको हुँदा उक्त मोटरसाईकल खोजतालास गर्ने क्रममा मिति २०७७।०९।०६ गते अन्दाजी २०.०० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं . ४ स्थित बुढाथोकी मार्गमा ४ जना मानिसहरू जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ बस्ने बर्ष २० को विवेक थन्दार, ऐ। ऐ। बस्ने बर्ष २० को अमन थन्दार, ऐ। बुढिगंगा गाउँपालिका वडा नं .२ बस्ने बर्ष २०  को पुजन थन्दार र जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं . १० बस्ने बर्ष २० को नगेन्द्र चौधरीले प्रदेश नं।१-०२-०४२ प ७३४८ नं। २२० सिसिको पल्सर मोटरसाईकल डोर्‍याउँदै ल्याई रहेको अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी चोरी गरेको खुल्न आएको हुँदा निजहरू उपर थप अनुसन्धान कार्य भई रहेको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.