Websoft University

प्रदेश १ मा १३९ जना डिस्चार्ज


विराटनगर, ११ पुस । रातो तारा डट कम, प्रदेश १ मा आज १३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनकारहेकाछन् । हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ५, मोरंगमा ४, धनकुटामा ३ र सोलुखुम्वुमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ५, मोरंगको कानेपोखरीमा ३, बुडीगंगामा १, धनकुटाको धनकुटा नगरपालिका र सोलुखुम्वुमा १ जनामा संक्रमण देखिएको हो । हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६२७ पुगेको  छ ।

प्रदेश १ मा आज १६९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार ८९३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.