Websoft University

बालबिबाह गराउने अभिभावक पक्राउ परे


गाइघाट ३ पौष । रातो तारा डट कम,उदयपुरमा दुइ बालविबाहको घटना सार्वजानीक भए लगतै प्रहरीले केटा ,केटी र उनीहरुको आभिभाबक लाइ पका्रउ गरेको छ । गत मंसिर १९ गते जिल्लाको पहाडी भेग ताप्ली र उदयपुरगढी मा मंसिर१९र ३० गते बालबिबाह भएको घटना बाहिर आएकोहो । जिल्ला प्रहरी कार्यालय उदयपुरमा बिहीबार बालबिबाह सम्बन्धि लिखीत उजुरी परे लगतै प्रहरीले घटनामा संलग्न सबै लाइ पका्रउ गरेको डिएसपि बेद प्रसाद गौतमले बताए । ताप्ली गाउपालीका ५आडमारामा राधा खड्काको घरमा मंसिर १९ गते बाल बिबाह भएको थियो । गाउछिमेकका मानीसहरुले थाहा नपाउने गरी लुकीछिपि टिको टालो गरेर त्रियुगा नगरपालीका वडा ३ भुल्के बस्ने पुष्प कोइरालाको छोरा २३ वर्षिय आश्वीन कोइराला र ताप्ली ५ का खेचर बहादुर खड्काकी छोरी १७ बर्षिया गोमा बिच बिबाह भएको थियो । उमेर नै नपुगी उनीहरु बिच बिबाह भएको भन्दै बालविबाह सम्बन्धी उजुरी परेपछी प्रहरी ले केटा केटी सहित ४ जना  लाइ पका्रउ गरेको छ । प्रहरी हिरासतमा रहेका उनीहरु बिरुद्ध अनुसन्धान शुरु गरीएको एसपि भिम बहादुर दाहाल ले बताए । त्यसैगरी उमेर नै नपुगी  आफुखुसी बिबाह गर्ने एक जोडी समेत पका्रउ परेको छ । बालबिबाह गरेको भन्दै लिखीत उजुरी परेपछी उदयपुरगढी गाउपालीका ६ भुमरे बस्ने लिल बहादुर खड्का को १८ वर्षिय छोरा दुर्गा बहादुर र त्रियुगा नगरपालीका १६ सुकौरा काभे्रभन्ज्याङग बस्ने टेक बहादुर कार्की की छोरी १७ वर्षिया खेली लाइ पका्रउ गरीएको प्रहरीले जनाएको छ । प्रेम सम्बन्धमा रहेको उनीहरुले मंसिर ३० गते मंदीर बाट सिंदुर पोते गरेर बिबाह गरेका थिए । बिबाह लगतै ्उनीहरु नेपालटार स्थीत आफन्तको घरमा बस्दै आएका थिए । प्रहरी ले उनीहरु बसेको घर बाटै नियन्त्रणमा लिएको एसपि दाहालले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.