Websoft University

प्रेश विज्ञप्ती-प्रमुख राजीव कुमार सिंहलाई उधोग संगठनले गर्यो बिदाइ


बिराटनगर पुस ३ गते । रातो तारा डट कम,नेपाल विद्युत प्राधिकरण, विराटनगर वितरण केन्द्रबाट सरुवा भई जान लाग्नु भएका केन्द्र प्रमुख राजीव कुमार सिंहको उद्योग संगठन मोरङले आज मिति २०७७ पौष ३ गते विदाई गरेको छ । 

विदाईमा उद्योग संगठन मोरङका अध्यक्ष्ँ भीम घिमिरेले नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुखका रुपमा राजीव कुमार सिंहले विद्युत समस्या न्यूनिकरणका लागि पु¥याउनु भएको समन्वयकारी भूमिकाको प्रशंसा गर्दै उहाको आगामी दिनको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो । अध्यक्ष्ँ घिमिरेले उद्योगी÷व्यवसायीले भोग्दै आएका लो भोल्टेज, ट्रिपिङ लगायत विद्युतसंग सम्वन्धित अन्य समस्या समाधानका लागी उपलब्ध श्रोत साधनको समूचित व्यवस्थापन गर्दै तत्काल समस्या समाधानका लागि विराटनगर वितरण केन्द्रका प्रमुखको रुपमा श्री सिंहले देखाउनु तत्परता अरुका लागि मार्गदर्शन हुने वताउनु भयो । 

विदाईमा विराटनगरबाट सरुवा भई चितवन जान लाग्नु भएका राजीव कुमार सिंहले विराटनगर वसाईका क्रममा उद्योगी÷व्यवसायीबाट प्राप्त सहयोगले विद्युतीय समस्या समाधानमा आफुलाई सहज भएको वताउनु भयो । उहाले उद्योगी÷व्यवसायीसंगको नीरन्तर सम्वादका साथै सबै क्ष्ँेत्रबाट प्राप्त सुझावले आफुलाई सदैव विद्युत समस्या समाधान गर्न हौसला मिलेको वताउदै विराटनगर वसाईको क्रममा प्रँप्त सहयोग र सदभावका लागि आभार व्यक्त गर्नु भयो । 

उक्त अवसरमा विराटनगरबाट पांचथर शाखाको प्रमुखमा सरुवा भई जान लाग्नु भएका ईन्जिनीयर साजन महर्जन र गौराद शाखाको प्रमुख भई जान लाग्नु भएका ईन्जिनीयर विजुली प्रसाद यादवको पनि विदाई गरिएको थियो । 

कार्यक्रममा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष्ँ मुकेश उपाध्याय, वरिष्ठ उपाध्यक्ष्ँ सुयश प्याकुरेल, उपाध्यक्ष्ँ राकेश सुराना, कोषाध्यक्ष्ँ नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, तारानाथ निरौला, ईन्द्र खत्री, सुनिल धनावत, प्रतिभा रिजाल ओली लगायतको उपस्थिती रहेको थियो । 







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.