Websoft University

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको गाडी जलाउने प्रयास


झापा मेची मंसिर १८ गते । रातो तारा डट कम, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे १ झ १७२ नं गाडी एक समूहले आज जला उने प्रयास गरेका छन्‌ । ज लाउने प्रयास गरेका बेला उपप्रमुख उप्रेती गाडीभित्रै रहेकी थिइन्‌ ।

गाडी जलाउन खोज्ने दुई युवाले आफुहरु काँग्रेस निकट नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको बताएको र बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको उनले जानकारी दिइन्‌ ।   चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको

कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला आज अपरान्ह ३ बजेतिर पूर्व पश्चिम राजमार्गको धाइजन र चारआली बीच खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आ गो लगाउने प्रयास भएको हो।

पेट्रोल छ र्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि उपप्रमुखले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएकी थिइन्‌ । गाडी हुइँक्याउन खोज्दा समेत उनीहरुले मोटरसाइकल तेस्र्याएर गाडीको बाटो छेकेको उप्रेतीले बताइन्‌ ।

मलाई गाडीभित्र जिउँ दै ज लाउने प्रयास भयो, धन्न बाँचे", उनले भनिन्‌ । घट ना बारे तत्कालै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएको उनले बताइन्‌ । उनी नेकपाबाट निर्वाचित उपमेयर हुन्‌ । 

(लोकतन्त्र पोष्टबाट साभार)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.