Websoft University

उखुको प्रतिक्वीन्टल मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा सरकारले तोक्यो


काठमाण्डौ मंसिर २७ गते । रातो तारा डट कम,सरकारले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । उखुको नयाँ समर्थन मूल्य यसअघिको भन्दा ८ रुपैयाँ प्रतिक्वीन्टलले बढी भएको मन्त्रालयले जनाएको छ । लागत, ढुवानी र मुनाफा जाडेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको सिफारिस मन्त्रिपरिषदमा पेश गरिएको थियो । नयाँ मूल्यमा लागत ३ सय ८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा रहेको मन्त्रालयका उपसचिव एवं सहप्रवक्ता उर्मिला केसीले बताउनुभयो । सरकारले तोकेको उखुको मूल्यप्रति भने नेपाल उखु उत्पादक महासंघले आपत्ति जनाएको छ । चिनीको मूल्य एक किलोमा ३२ रुपैयाँले बढ्दा उखुको मूल्य भने निकै कम मात्रामा बढाउनु किसानलाई खेतीबाट विस्थापित गर्ने चाल भएको महासंघका अध्यक्ष कपिलमणि मैनालीले आरोप लगाउनुभयो । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.