Websoft University

३३ औं विश्व एड्स दिवस आज मनाइदै,


काठमाण्डौ मंसिर १६ गते । रातो तारा डट कम, ३३ औं विश्व एड्स दिवस, नेपालमा पनि मनाइँदैछ । यस वर्ष ‘‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’’ नारा तय गरेर दिवस मनाउन थालिएको हो ।

कोरोना महामारीका कारण यस वर्ष अन्य वर्ष झै ठूला कार्यक्रमको आयोजना नगरिने भएको छ । दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले नेपालमा ८० प्रतिशतभन्दा बढी असुरक्षित यौन सम्पर्कबाट एचआइभी सङ्क्रमण सरेको बताएको छ । 

केन्द्रको तथ्याङ्क अनुसार नेपालमा हाल १७ हजार ५ सय ८७ पुरुष र ११ हजार ९ सय १६ महिला गरी २९ हजार ५ सय ३ जना एचआइभी सङ्क्रमित रहेका छन् । यस्तै, नेपालमा हालसम्म ३० जना एचआइभी सङ्क्रमित कोरोना भाइरसबाट सङ्क्रमित भएको पनि केन्द्रले बताएको छ । केन्द्रका निर्देशक डा. सुधा देवकोटाले कोरोना महामारीका कारण एचआईभी सङ्क्रमितहरु प्रभावित भएको भन्दै उनीहरुका लागि एआरटी घर–घरमा पु¥याउने व्यवस्था गरिएको जानकारी दिनुभयो । 

नियमित औषधि सेवन नगर्ने र लुकेर रहेका एचआइभी संक्रमितहरु मात्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिङ्गी यौनकर्मीहरुमा एचआइभी सङ्क्रमणको दर उच्च रहेको केन्द्रले जनाएको छ । नेपालमा एचआईभी नियन्त्रणका कार्यक्रम सुरु भएको तीन दशक नाघिसकेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.