Websoft University

ओलीले उठाएका प्रश्नहरुको सयुंक्त रुपमै लिखित जवाफ दिने आज बस्ने सचिवालय बैठकबाट तयारी हुँदै,


काठमाण्डौ मंसिर १६ गते । रातो तारा डट कम,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । 

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षले छ्ट्टा–छ्ट्टै रणनीति बनाएर प्रस्तुत हुने तयारी गरेका छन् । आजको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नहरुको सयुंक्त रुपमा लिखित जवाफ दिने तयारी गरेका छन् । 

अध्यक्ष ओलीले प्रचण्डलाई मात्रै व्यक्तिगत रुपमा लक्षित गरेर प्रश्नहरुको जवाफ दिनुको साथै केही विगतका प्रसंग कोट्याएपछि सचिवालयका पाँचैजना नेताहरुले संयुक्त जवाफ तयार पारेको बताइएको छ । प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसको दश दिनपछि मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गर्नुभएको थियो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.