Websoft University

प्रदेश १ मा आज १५३ डिस्चार्ज, ८५ संक्रमित थपिए

 


विराटनगर, ३० कात्तिक । रातो तारा डट कम, प्रदेश १ मा आज १५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनकारहेकाछन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ ।

प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, सुनसरीमा २४, ताप्लेजुङमा ७, ते¥हथुम र धनकुटामा ६–६, झापामा ५, इलाममा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरंगको विराटनगरमा १८, सुन्दरहरैचा, रंगेली र बुढीगंगामा २–२, उर्लाबारी, सुनबर्षी र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा १०, इटहरीमा ६, इनरुवा र हरिनगरमा २–२, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहवीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता ताप्लेजुङको फुङलिङमा ५, पाथिभरा र श्रीजंगामा १–१, ते¥हथुमको म्याङलुङमा ६, धनकुटाको महालक्ष्मीमा ५ र साँघुरीगढीमा १, झापाको दमक र विर्तामोडमा २–२ र स्थानीय तह नखुलेका १, इलामको माईजोगमाईमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७५० पुगेको छ ।

प्रदेश १ मा आज ४२६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको हो । हालसम्म १ लाख ७८ हजार ५०५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.