Websoft University

आयान डिस्टिब्युर्टसका व्यवस्थापक रोनक बोहरा र कामदार शंकर बयलकोटीलाई एक वर्ष कैद र जनही ३ लाख रुपैयाँ जरिवाना गर्यो

 


काठमाण्डौ कार्तिक २५ गते । रातो तारा डट कम,सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ ल्याएपछि व्यापारिक अपराध गरे बापत पहिलो पटक कैद सजाय सुनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुमा पुनः नयाँ मिति राख्दै गर्दा पक्राउ परेकालाई एक वर्ष कैदसहित जरिवाना गर्ने ऐन आएपछिको पहिलो कैद सजाय सुनाइएको हो । स्नीकर्स चकलेट, हर्लिक्स, बर्नभिटा, केकको परिकार लगायतका दर्जनौँ म्याद गुज्रेका उपभोग्य वस्तुमा नयाँ लेबल लगाएर बिक्री गर्ने आयान डिस्टिब्युर्टसका व्यवस्थापक रोनक बोहरा र कामदार शंकर बयलकोटीलाई विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको इजालासले एक वर्ष कैद र जनही ३ लाख रुपैयाँ जरिवाना सुनाएको हो । जनही ३ लाख १२ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको महानिर्देशक सुुवेदीले सीआइएनसँग बताउनुुभयो । उपभोक्ता संरक्षण ऐन २०७५ ले यस्ता मुद्धामा सुरु कारबाही गर्ने अधिकार विभागका महानिर्देशकलाई नै दिएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.