Websoft University

जिल्ला अस्पतालको परिणाम देखिनुप¥यो ः सामाजिक विकास मन्त्री घिमिरे

 


विराटनगर, २४ कात्तिक । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिनुभयो ।


प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज भएको प्रदेश स्तरिय अस्पतालहरुको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश सरकारले उल्लेखनिय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताउनुभयो । मन्त्री घिमिरेले स्थानीयले सेवा सुलभ भएको अनुभुति गर्नुपर्ने बताउनुभयो । चालु आर्थिक बर्षमा मात्र जिल्ला अस्पतालहरुलाई ७ करोड देखि ३५ करोड सम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको उहाँले बताउनुभयो । पछिल्लो अढाई बर्षमा अस्पतालहरुले जनशक्ति, यन्त्र उपकरण र पूर्वाधारमा गरेको प्रगतिको समीक्षा हुन आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो । मन्त्री घिमिरेले भन्नुभयो,‘  प्रदेश सरकार गठन पछिको अढाई बर्षकै समीक्षा आवस्यक छ ।’ उहाँले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन पनि निर्देशन दिनुभयो । स्वास्थ्यकर्मीलाई घर घरमा गएर वीमा गर्न सुझाव दिनुभयो ।  मन्त्री घिमिरेले भन्नुभयो,‘ घरदैलो गर्दै शतप्रतिशतको स्वास्थ्य वीमा गर्नुहोस् ।’ निजी अस्पतालले दिने सेवा भन्दा प्रभावकारी सेवा दिन मन्त्री घिमिरेको आग्रह छ ।  उहाँले प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि एचडियू सहितको ५ सय वेड विस्तारको तयारी गरिरहेको बताउनुभयो ।  

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौति    नगर्ने भएकाले उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, जिल्ला समन्वय समिति महासंघ प्रदेश १ का अध्यक्ष बवि चाम्लिङ, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहता लगायतले बोल्नु भएको थियो ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                           


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.