Websoft University

उच्च मनोवलका साथ जनमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन - प्रहरी नायव महानिरीक्षक ईश्चर बाबु कार्की

 


सोलुखुम्बु, कार्तिक २४ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले उच्च मनोवलका साथ जनमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । १ नम्बर प्रदेशको हिमाली जिल्ला सोलुखुम्बुको निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, ईलाका प्रहरी कार्यालय (ख) लुक्ला, बिमानस्थल सुरक्षागार्ड लुक्ला र पर्यटक प्रहरी लुक्लाका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै वाँहाले उक्त कुरा बताउनु भएको हो । 
निर्देशनको क्रममा वाँहाले संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट स्विकृत गरिएको प्रहरी आचार संहिता कार्यादेश २०७७ को बारेमा जानकारी दिनुहुँदै उक्त कार्यादेशको अक्षरस पालन गर्न र कोरोना भाईरसको जोखिम रहिरहेको बर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सोही अनुसार काम गर्न समेत निर्देशन दिनु भयो । 
पर्यटनको क्षेत्रको रुपमा रहेको सोलुखुम्बु जिल्लामा आउने बिदेशी तथा आन्तरिक पर्यटनहरुको सुरक्षालाई बिशेष ध्यानमा राखी भौगोलिक बिकटता भएता पनी उच्च मनोवलका साथ नागरीकहरुलाई प्रहरी सेवा प्रदान गर्न र कानूनको परीधीमा रही जनचाहाना बमोजिमको सुरक्षा ब्यबस्था मिलाउन समेत निर्देशन दिनु भयो । उक्त निरीक्षण तथा अनुगमन कार्यक्रममा सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाही तथा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक टेकु नन्द ईवा लिम्बु समेतको उपस्थीति रहेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.