Websoft University

नेपाली कांगे्रसको बिवाद मिलाउन नेताहरु जुट्तै


काठमाण्डौ कार्तिक २५ गते । रातो तारा डट कम,नेपाली काँग्रेसमा देखिएको महाधिवेशन केन्द्रीत विवाद समाधानका विषयमा सैद्धान्तिक समझदारी जुटेको छ । १४ औँ महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले अघि सारेको १६ बुँदे ज्ञापनपत्रका अधिकांश विषयमा सैद्धान्तिक सहमति भएको हो ।

साउन पहिलो साताबाट सतहमा आएको काँग्रेसको विवाद यो सहमतिसँगै तत्कालका लागि टरेको छ ।  केन्द्रीय समिति बैठकमा सहमतिको प्रस्ताव पेश गर्न समन्वयको भूमिका खेल्ने गरी महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइएको छ । 

साउन पहिलो साता पौडेल समूहले केन्द्रीय विभागमा भइरहेको मनोनयन, पार्टी संरचनाको गठन, क्रियाशील सदस्यताको वितरण तथा नवीकरण, भ्रातृ एवं शुभेच्छुक संस्था, अन्य पार्टीबाट काँग्रेसमा आउने नेता तथा कार्यकर्ताको समायोजनको मापदण्ड, पार्टीको स्थानीय तहको समायोजन र विदेशस्थित जनसम्पर्क समितिका विषयलाई मुद्दा बनाएको थियो । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.