Websoft University

प्रतिबन्धित लागुऔषध सहित चार जना पक्राउ

 


झापा,कात्तिक-२६ गते । रातो तारा डट कम,झापाको बिर्तामोड-२ फुलबारी टोल स्थितबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय संजय कुमार राजबंशी, २५ बर्षीय मोहन कुमार ओली, २४ बर्षीय दयालाल राजबंशी र २० बर्षीय अरुण कुमार राजबंशी रहेका छन । उनिहरुलाई हिजो अपरान्ह प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका मध्ये मोहन कुमार ओलीको घरमा लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई ५ ग्राम ७०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.