Websoft University

अवैध भन्सार छलिका सामान बरामद

 

बिराटनगर कार्तिक २६ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं.-१६ दरैया बस्ने बर्ष अन्दाजी २५ को राहुल रायले भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली कपडा तथा लेडिज चुरा समेत ल्याई रहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले निजको घरबाट कपडा तथा लेडिज चुरा समेत गरी अन्दाजी १,६७,३००।- (एक लाख सड्सठी हजार तीन सय) बराबरको सामान फेला पारी सामान सहित निज राहुल रायलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएकोछ । 

 त्यसैगरी  मोरङ विराटनगर महानगरपालिका वडा नं. ०९ स्थित सडक किनारामा अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा राखेको कपडा तथा किराना सामान गरी अन्दाजी १,४५,३००।- ( एक लाख पैतालिस हजार तीनसय) बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको छ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.