Websoft University

प्रधानमन्त्री ओलीले संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको अरुण तेश्रो परियोजनाको समेत आजै निरिक्षण भ्रमण गर्ने


काठमाण्डौ कार्तिक २६ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा आउनुहुने भएको कुरा स्थानिय सखुवासभा एफएमले आफनो समचारमा जनाएको छ । 

हेलिकप्टर मार्फत संखुवासभा आउन लाग्नुभएका प्रधानमन्त्री ओलीले चिनको तिब्बतसँग जोडिएको संखुवासभाको उत्तरी सिमानाका किमाथांका नाकाको अवलोकन, उत्तरदक्षिण कोशी राजमार्ग र निर्माणधिन ९ सय मेगावाटको अरुण तेश्रो परियोजना अवलोकन गर्ने कार्यक्रम रहेको संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा कोशी ल्हासा राजमार्गको अनुगमनका सन्दर्भमा किमाथांका नाका, माथिल्लो अरुण, भोटखोला १ मा रहेको सशस्त्र प्रहरीको सिमा सुरक्षा पोष्ट र मकालु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको अरुण तेश्रो परियोजनाको समेत निरिक्षण भ्रमण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार प्रधानमन्त्रीको भ्रमणको लागि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । देशकै अति दुर्गम क्षेत्र मानिएको भोटखोला र मकालु गाउँपालिकामा प्रधानमन्त्रीको भ्रमणले यहाँको पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुग्ने स्थानीयले अपेक्षा राखेका छन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.