काठमाण्डौ कार्तिक २६ गते । रातो तारा डट कम,दाङमा ट्रकको ठक्करबाट तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगर्त राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरित दिशाबाट आईरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेहरुमा राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाका १६ वर्षिय मनोज गाहा, राप्ती गाउँपालिका–२ लालमटीयका १८ वर्षिय कसम पुन र राप्ती गाउँपालिका –८ पिपरीका १८ वर्षिय दिनेश घर्ती रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खण्डकाले जानकारी दिनुभयो ।
गएराति ८ बजेतिर उक्त दुर्घटना भएको हो । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । ट्रक प्रहरीले नियन्त्रणमा लिएको र चालक भने फरार रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख भुवन भट्टले जानकारी दिनुभयो ।
Post a Comment