Websoft University

७ लाख नक्कली नोटसहित ३ जना पक्राउ


काठमाण्डौ कार्तिक २८ गते । रातो तारा डट कम,सिरहाको गोलबजार नगरपालिका ६ बाट ७ लाख नक्कली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका १२ बेतौनाका २५ वर्षका धिरज राय, २० वर्षका सञ्जय कुमार राय र सिरहाको कल्याणपुर नगरपालिका ७ भेडिया बस्ने विमलेन्द्र नायक रहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ । हिजो दिउँसो २ बजेको समयमा ईलाका प्रहरी कार्यलय र सशस्त्र प्रहरी बेस नेपाल गोलबजारको संयुक्त टोलीले विरेन्द्र महतोको घरमा डेरा लिएर नक्कली नोट छाप्दै गरेको गोप्य सुचनाको आधारमा छापा मारेको थियो । डेराबाट एक हजारको नक्कली नोट ६ लाख ८४ हजार, ल्यापटप, प्रिन्टर, प्लास्टिकको सानो फोल्डिङ्ग टेबल, स्केल स्टिल ३ थान, कैंची २ थान, मोटरसाईकल १ थान समेत बरामत गरी आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यलय गोलबजारमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी उपरिक्षक प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.