Websoft University

देशभरका बेरोजगारलाई युवालाई उद्यमशिल तालिम दिने तयारी हुदै,

 


काठमाण्डौ कार्तिक २२ गते । रातो तारा डट कम,युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषद्ले स्थानीयस्तरमा बेरोजगार युवालाई उद्यमशिल बनाउन अभियान चलाउने भएको छ । युवाहरुको रुचि र आवश्यकताका आधारमा उनीहरुलाई तालिम दिने तयारी गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सीआईएनसँग बताउनुभयो । 

उहाँका अनुसार परिषद्को संयोजन र बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थासँगको समन्वयमा युवाहरुलाई तालिमको आयोजना गरिनेछ । बेरोजगार युवाको आवश्यक र रुचि पहिचान गरी तालिम दिनका लागि प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरिएको छ । यही कात्तिक १८ गतेबाट सुरु भएको तालिम दस दिनसम्म चल्ने परिषद्का उपसचिव तथा सूचना अधिकारी ध्रुबराज पौडेलले सीआईएनलाई जानकारी  दिनुभयो । 

राष्ट्रिय युवा परिषदको संयोजन, अन्तराष्ट्रिय श्रम सङ्गठनको सहयोग तथा केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नफ्स्कून) को आयोजनामा भक्तपुरको नगरकोटमा तालिम चलिरहेको छ । तालिममा  ७० जनाको सहभागिता छ । तीन समूह बनाएर तालिम सञ्चालन भइरहेको छ । प्रशिक्षक प्रशिक्षण तालिमको पाठ्यक्रम अन्तराष्ट्रिय श्रम सङ्गठनबाट मान्यता प्राप्त रहेकाले प्रभावकारी हुने सूचना अधिकारी पौडेलले बताउनुभयो । 

अन्तराष्ट्रिय श्रम सङ्गठनबाट तालिम प्राप्त प्रशिक्षहरु बाबुराम रानाभाट,अर्जुनप्रसाद भट्टराई,रचना पण्डित, अमिर लामा र दिलिप थापाले सहभागीहरुलाई सहजीकरण गरिरहनुभएको छ । बेरोजगार युवाहरुका लागि व्यवसाय वा उद्यमको खोजी तथा सिर्जना गर्ने  र व्यवसायको शुरुवात गर्ने बिभिन्न तरिकाका बारेमा विस्तृत रुपमा प्रशिक्षण लिएकाहरुले स्थानीय तहमा गएर बेरोजगार युवा जो कुनै उद्यम वा व्यवासय गरेर उद्यमशिल¸ स्वरोजगार र आत्मनिर्भर बन्न चाहन्छन् भने उनीहरुलाई तालिम दिनेछन् । 

यो तालिममा विशेषत व्यापार सुरु गर्ने उपाय, सम्भावना र अवसरहरुको खोजी, नेपालमा सम्भाव्य क्षेत्र, असल उद्यमीमा हुनुपर्ने गुण र विशेषता, व्यवसायको पूर्व तयारी तथा पूर्वाधार निर्माण लगायत विषयमा जानकारी गराइनेछ । राष्ट्रिय युवा परिषदले विगत २ वर्षदेखि उद्यम वा व्यवसाय गर्न चाहने युवाका लागि उद्यमशिलता विकास तथा वित्तीय साक्षरता सम्बन्धी सात दिवसीय तालिम प्रदान गर्दै आइरहेको छ ।  

परिषदले हालसम्म एक हजार भन्दा बढी युवालाई यसप्रकारको तालिम प्रदान गरिसकेको छ भने तालिम प्राप्त युवालाई व्यवसायमा स्रोत परिचालनका लागि सहुलियतपूर्ण कर्जाका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग दिपक्षीय समझदारी गरी आवश्यक सहजीकरण तथा परामर्श सेवा प्रदान गर्दै आइरहेको सूचना अधिकारी पौडेलको भनाइ छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.