Websoft University

खेल तालिका सार्वजनिक


काठमाण्डौ कार्तिक २२ गते । रातो तारा डट कम,अष्ट्रेलियाको चर्चित बिग बास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । क्रिकेट अष्ट्रेलियाले डिसेम्बर १० बाट सुरु हुने बीबीएलको खेल तालिका सार्वजनिक गरेको हो । 

सार्वजनिक भएको खेल तालिका अनुसार उद्घाटन खेलमा सिड्नी सिक्सर्स र होबर्ट हुरिकान्सबीच खेल हुनेछ । सिड्नी सिक्सर्स साविक विजेता समेत हो । डिसेम्बर १० मा हुने उद्घाटन खेल होबर्टको घरेलु मैदानमा हुनेछ । यस्तै डिसेम्बर ११ मा हुने दोस्रो खेलमा मेलबर्न स्टार्स र ब्रिसबेन हिटबीच खेल हुनेछ । 

मेलबर्नबाट गत सिजन नेपालका सन्दीप लामिछानेले खेल्नुभएको थियो । यस सिजन भने सन्दीपको क्लब तय भएको छैन । बीबीएलमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो सिजनक तुलनामा यस सिजन केहि परिवर्तन भएको छ । यस सिजनमा हरेक बीबीएल टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् । 

यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो । बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.