Websoft University

पक्की पुल निमार्णकोो काममा ढिला सुस्ति

 


श्याम राई- सिबाई (उदयपुर) ८ मंसिर  । रातो तारा डट कम,निर्धारीत समय भन्दा ७ बर्ष ढिलाई हुदा समेत सिवाई स्थीत त्रियुगा नदीमा निर्माणाधिन पक्की पुल अझै सम्पन्न हुन सकेको छैन । ठेकेदार कम्पनीको लापरबाहीले गर्दा ६ पटक कामको म्याद थप गरीदा समेत पुल निर्माणको काम अझै अघि बढेको छैन । 

गत असार महिनामा ठेकेदार कम्पनी ले एउटा मात्र स्पान बनाएर रकम भुक्तानी लिए पछि ठेकेदार कार्यालयको सम्पर्क मा आएको छैन । उदयपुरको चौदण्डीगढी नगरपालीका ५ सुन्दरपुर सिवाई स्थीत त्रियुगा नदिमा महालक्ष्मी लोपप्रिय जेभिले ३ बर्ष भित्र सक्ने गरी ०६७ साल असार्मा सम्झौता  गरी पक्की पुल निमार्ण को काम शुरु गरेको थियो । “तिन बर्ष भित्र सक्ने संंझौता गरीएको  थियो । 

तर अहिले १० बर्ष भैसकेको छ । तर काम अझै सकिएको छैन” । पुल हेर्ने तत्कालीन साईड इन्चार्ज प्रदिप चौधरी ले भने । पटक,पटक म्याद थप गर्दै ठेकेदारले काम अघि नबढाउदा समस्या परेको उनले बताए । उनले म्याद थप गर्दै काम अघि नबढ्दा अहिले पुलको लागत समेत बर्षेनी बढ्दै गएको बताए । शुरुमा ९ करोड ७८ लाखमा ठेक्का लागेको पुलको काममा ढिलाई हुदा गत बर्ष लागत रकम बढेर ११ करोड २५ लाख पुगेको पुल हेर्ने जिम्मा पाएको गाईघाट दिक्तेल सडक आयोजना ले जनाएको छ । 

२ सय ८४ दशमलब ६ मिटर लम्बाई र ५ मिटर चौडाईको पुल १३ मध्ये १२ स्पान बनिसकेको गाईघाट दिक्तेल सडक योजना कार्यालयका डिई गोपाल खकुरेल ले बताए । “अब एउटा मात्र स्पान मात्र बन्न बाकी छ । यो साल जसरी पनि सक्नु पर्ने छ” । उनले भने ।“ काम निकै ढिलाई भैसकेको ले अब म्याद थप हुदैन ”उनले भने । उनले पुल निमार्ण को काम ८० प्रतिशत पुरा भैसकेको बताए । अब ४,५ महिना लगातार काम गरे पुल निमार्ण को काम सकिने उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.