Websoft University

साईकल यात्रीलाई धरानमा भव्य स्वागत


सुनसरी धरान  । रातो तारा डट कम,सरकारी निर्णयको पालना गरौ, कोविड महामारीवाट आफु वचौ र वचाऔ  भन्ने नाराका साथ नेपाल साईकल उत्सव २०२०, महाकाली देखि मेची सम्मका साईकल यात्रामा निस्किएका साईकल यात्रीहरु आईतवार धरानमा भव्य स्वागत गरीएको छ । 

  नेपालका विश्व प्रसिद्ध साईकल यात्री पुष्कर शाहको नेतृत्वमा अधिराज्यका विभिन्न जिल्लाका २० जना साईकल यात्री १९ दिनमा हिजो धरान आईपुगेका थिए । कार्तिक १७ गते महाकाली वाट साईकल यात्रा गर्दै मसिर ११ गते मेचीको श्री अन्तु सम्म पुग्ने आयोजकले वताए । यात्रीहरुलाई धरानमा प्रवेष  गराउदै आयोजक सुनसरी साईकिलिड एशोसियसनका र कार्यक्रमका सयोजक याक्थुड सिंगर फाउण्डेशनका पदाधिकारीहरुले रुद्राक्षको माला लगाई स्वागत गरेका थिए । सो दिन साझ यात्रीहरुलाई ओशो आश्रम धरान २० को प्रागणमा विश्राम गर्ने प्रवन्ध मिलाइएको थियो । सोहि दिन आयोजकहरुले रात्री भोज र कयाम्प फायर सहित मनोरन्जन गराएका थिए । 

 सोमवार विहान साईकल यात्रीहरुलाई ओशो आश्रमका सन्यासी आनन्द श्रेष्ठले धरानमा पर्यटकिय क्षेत्रको परीचय साथै ओशो आश्रमको गतिविधी वारे जानकारी गराएका थिए । सोहि अवसरमा साईकलवाट विश्वको १५० वटा देश घुमि सकेका पुष्कर साहले कोविड१९ को कारण घरैमा खुम्चीएर वस्नु परेका देशका युवाहरुलाई महामारी प्रति जागरुक गराउदै कर्तव्य पथमा उत्साहित तुल्याउन यो साईकल यात्राको आयोजना गरेको वताए । 

सोहि दिन विहान लाधाली सामुदायिक वनको भवनमा आयोजित विदाई कार्यक्रममा कोविडको महामारीवाट वचाउन लाधाली सामुदायिक वनको भवनमा राखिएका सडक मानवहरुको सहयोगको लागी होम  धरानलाई साईकल यात्रीहरुको तर्फवाट १५ हजार पनि शाहले हस्तान्तरण गरेका कुरा साईकल यात्री स्वागत कार्यक्रममा सयोजक सस्था याक्थुड सिंगर फाउण्डेशनकी अध्यक्ष मिना सिंगक र नायिका रेखा फागोले पत्रकारहरुलाई जानकारी गराएका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.