Websoft University

विराटनगर– ११ भद्रचौकस्थित ज्येष्ठ नागरिक सामुदायिक भवनको शिलन्यास



विराटनगर मंसिर १० गते । रातो तारा डट कम, विराटनगर महानगरपालिका – ११ भद्रचौकस्थित ज्येष्ठ नागरिक सामुदायिक भवनको शिलन्यास भएको छ ।

आठ धुर क्षेत्रफलमा बन्ने दुई तलाको ज्येष्ठ नागरिक सामुदायिक भवनको आज एक कार्यक्रम आयोजना गरि शिलन्यास गरिएको हो । सो भवनको शिलन्यास विराटनगरका महानगरपालिका प्रमुख भीम पराजुली, उप्रमुख इन्दिरा कार्की र जग्गा दाताले संयुक्त रूपमा गरेहुन। करिब १ करोड लागतमा निर्माण हुने ज्येष्ठ नागरिक भवनको लागि स्थानिय समाजसेवी चिरञ्जीवी दाहाल र लक्ष्मीदेवी दाहाल दम्पतीले करिब ५० लाख मुल्य बरावरको जग्गा दान गरेका हुन ।

विराटनगर महानगरपालिको ३० लाख र बाँकी यहाँका स्थानियको सहयोगमा एक वर्षमा निर्माण सम्पन्न गर्ने तयारीको साथ शिलन्यास गरिएको विराटनगर १ं१ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार दुइ तलाको निर्माण हुने भवनको पहिलो तलामा ज्येष्ठ नागरिक बसोवास गर्ने सामुदायिक भवन र दोस्रो तलामा अध्ययन, अध्यापन गरिने पुस्तालय बन्नेछ । ‘पहिलो तलामा भन्ने सामुदायिक भवनमा ज्येष्ठ नागरिकहरू भेला भएर भजन, किर्तन र योगा पनि गर्न सजिलो हुने उद्देश्यले फराकिलो हल निर्माण हुनेछ,’ वडाअध्यक्ष न्यौपानेले भने, ‘त्यही अनुसार अहिले शिलन्यास भयो । अब निर्माण कार्य पनि सुरू भइहाल्ने समेत बताउनुभयो  ।’

ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण बन्ने भएपछि यहाँका स्थानिय, सामाजसेवीहरूबाट स्वतस्पर्ध रूपमा १० लाख रुपैयाँ भन्दा बढी संकलन पनि भएको वडाअध्यक्ष न्यौपानेले जानकारी दिनुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.