Websoft University

दुर्घटनाबाट दुई जनाको मृत्यु

 


मोरङ, मंसीर-९ गते । रातो तारा डट कम,मोरङ बेलबारी-७ बस्ने ३७ बर्षीय नविन पौडेलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साँझ साढे ५ बजे बेलबारी-४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १-०२-०४२प ४२१६ नम्बरको मोटरसाईकल र को ३९ प ३८०१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा को ३९ प ३८०१ नम्बरको मोटरसाईकल चालक नविन पौडेल गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका पौडेलको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साथै मोटरसाईकलमा रहेका अन्य तिन जना समेत घाईते भएकोमा उनिहरुको उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ । यसै गरी मोरङ पथरी शनिश्चरे-२ स्थित राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो बेलुका पौने ७ बजे को १ ख ६८३१ नम्बरको बसले मे ८ प ६३७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक झापा मेची नगरपालिका ९  बस्ने ३२ बर्षीय मुकेश प्रसाद पौडेल गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका पौडेलको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र चालक संजय साह नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.