Websoft University

(एन्फा) का प्रबक्ता किरण राईको नक्कली फेसबुक आईडी बनाएर बिभिन्न ब्यक्तिहरु संग पैसा माग्ने एक युबा पक्राउ परे


गाईघाट १९ कार्तिक । रातो तारा डट कम,अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रबक्ता किरण राईको नक्कली फेसबुक आईडी बनाएर बिभिन्न ब्यक्तिहरु संग पैसा माग्ने एक युबा पक्राउ परेकाछन । राईको नक्कली आईडी मार्फत जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य राहुल यादब लाई ३० हजार रुपैया चन्दा माग  गरेपछी फेसबुकको आईडी नक्कली रहेको खुलेको हो । प्रहरीले उक्त घटना लगतै अनुसन्धान थालेर सोमबार त्रियुगा नगरपालीका ११ गाईघाटका २१ वर्षिय पंकज साह लाई पका्रउ गरेको हो । साहले राईको नाममा नक्कली आईडि बनाएर विभिन्न ब्यक्तीहरु लाई समेत चंदा माग गरेको थिए । तर चंदा बापत के कती रकम उनले उठाए भन्ने बारे केहि खुलेको छैन । “मलाई किरण राईको फेसबुक आइडि बाट तिस हजार ्िदनु पर्याे भन्दै म्यासेज आयो मैले लगतै राई लाई फोन गरेर सोध्दा उनले च्याटमा पैसा नमागेको जवाफ दिए” । राहुल ले भने। पछि उनकै नक्कली आईडि बनाएर कसैले गलत काम गरीरहेको पत्ता लागेपछी प्रहरीमा उजुरी गरेको उनले बताए । प्रहरीले साह लाई गाईघाट बाट नै पका्रउ गरी हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि भिम बहादुर दाहाल ले साहले नक्कली फेसबुक आईडि बनाएर सर्बसाधरण बाट रकम माग्दै आएको स्वीकार गरेको बताए । साहले यस अघि पनि त्रियुगा नगरपालीका १० का बिगेश राईको नाममा नक्कली फेसबुक आईडि बनाएर ठगी गरीसकेको पत्ता लागेको प्रहरीले जनाएको छ । साह बिरुद्ध प्रहरी ले साइबर का्रइम अन्र्तगत मुद्धा चलाउने तयारी गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.