Websoft University

अस्पताल बाटै कोरोना सरेकोले मृत्यु


गाइघाट १९ कार्तिक । रातो तारा डट कम,उदयपुरको चौदण्डीगढी नगरपालीका ६ का ४८ वर्षिय पुरुषको हात खुट्टा सुन्नीएपछि कार्तिक १ गते बिराटनगर स्थीत नोबेल मेडीकल कलेजमा उपचारको लागी लगीयो ।बिरामीको चेकजाच गराउदा किड्नीमा समस्या रहेको पत्ता लाग्यो । बिरामीको स्वास परिक्षण पनी गरीयो तर रिपोर्ट नेगेटिभ आयो। दुई किड्नी खराब रहेको ति युवा को अस्पतालमै डाइलोसिस गरेर कार्तिक ५ गते घर ल्याईयो । घर आएको ५ दिन पछि एक्कासी स्वास प्रस्वासमा समस्या आएपछी रातारात फेरी उनलाई नोवेल लगीयो। भोलीपल्ट एक्सरे गरेर हेर्दा फोक्सो पुरै डयामेज भईसकेको भन्दै चिकित्सक ले तत्कालै कोरोना जाच गरेर हेर्दा रिपोर्ट पोजेटीभ देखाएपछी उनलाई उपचारको लागी कोभिड १९ अस्पताल मा भर्ना गरीयो। तर अस्पताल भर्ना भएकै दिन सोमबार राती उनको मृत्यु भयो । बिरामी को मृत्यु भएपछी उनका परिवारका सबै जना को कोरोना जा्च गरीएकोमा कसैमा पनि पोजेटिभ नआएको मृतककी भतीजी अन्जना ले बताईन । काकामा कोरोना देखीए पछी परिवारका सबै जना होम आइसोलेसनमा बसेको र कसैमा पनि लक्षण नदिएको उनले बताईन । “काका बिरामी भए देखी नै स्याहार सुसारमा खट्ने उनकै छोरी मेघा लाई समेत कोरोना पोजेटीभ देखीएन ”। उनले भनीन । काका बाहेक अहिले सम्म हामो्र परिवार र आफन्त कोहिमा पनी कोरोना संक्रमण देखीए छैन” । अस्पता्ल पु¥याउदा सम्म काकामा परिक्षण बाट कोरोना नदेखीएमा ४ दिनको बसाई बाट नै कोरोना पोजेटिभ देखीएको ले अस्पताल बाटै कोरोना सरेको उनको भनाई छ । उपचारको क्रममा चिकित्सक , नर्स र उनीहरुले प्रयोग गरेको औजारको माध्यम बाट कोरोना सरेको हुन सक्ने उनले बताईन । गत भदौ ३० गते त्रियुगा नगरपालीका ११ हिमाली टोलकी २२ वर्षिया महिलामा कोरोना संक्रमीत देखीयो । उनी नोबेल कलेज बिराटनगरमा सुत्केरी भर्ना भएकै बेला कोरोना देखीएको थियो । सुत्केरी परिवारमा अरु कसै लाई पनि कोरोना नदेखीएको ससुरा तुल बहाद्ुर  मगर ले बताए । “बुहारी बाहेक अरु कसैमा अहिले सम्म कोरोना देखीएको छैन । उनले भने । “बुहारीमा अस्पतालमा भर्ना पछि नै कोरोना देखीएको हो । उतै बाट कोरोना सरेको हुन सक्छ ”।मगर ले भने । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदी ले अस्पतालका चिकीत्सक र नर्स ले प्रयोग गर्ने ग्लोब ,थर्मामिटर , प्रेसर नाप्ने मेसीन लगायतका औजारहरु बाट पनि सरुवा रोग बिरामीमा सर्न सक्ने बताए । “उनीहरु ले प्रयोग गर्ने सामागी्र कतिको सुरक्षीत छ भन्नेमा रोग सर्ने वा नसर्नेमा भर पर्छ” । उनले भने । कोरोना को जटील केसमा पनि त्यस्तै हो । अस्पतालमा चिकित्सक ले एउटै ग्लोब प्रयोग गरेर धेरै बिरामी हेर्ने गरेका

 कारण कोरोना सरेको हुन सक्ने उनको भनाई छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.