Websoft University

अतिसबाजी(पटका) सहित ३ जना पक्राउ

 


बिराटनगर, कार्तिक १९ गते । रातो तारा डट कम,सुनसरीको ईटहरी उप-महानगरपालिका-८ मा रहेको एक किराना पसलबाट ठुलो परिणामको पटका सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा इटहरी उप-महानगरपालिका-११ का २५ बर्षीय प्यारचन्द चौधरी, २३ बर्षीय गणेश चौधरी र किराना पसल संचालक ताहिर मिया रहेका छन् । 

मियाको किराना पसलबाट प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसार-पसार तथा बिक्रिवितरण भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा आज दिउँसो ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३३ बण्डल बिभिन्न किसिमका पटका बरामद गरेको हो । 
पटका सहित पक्राउ परेका मानिसहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी कानुनी कारवाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी झापाको अर्जुनधारा र नकलबन्दा ]एरियाबाट ६ लाख ५० हजार बराबरको पटका बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो उक्त मुल्य बराबरको पटका बरामद गरेको हो । बरामद भएको पटकाहरु आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको उक्त कार्यालयले जनाएको छ । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.