Websoft University

सुन्दरहरैंचा ६ मा चाड पर्वलाई लक्षित गरी ३०० विपन्न परिवारलाई राहत वितरण

 


शिव भट्टराई, मोरङ कार्तिक २८ गते । रातो  तारा डट कम, मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ६ का विभिन्न क्षेत्रमा रहेका ३०० अति विपन्न घर धुरीलाई शुक्रबार चाड पर्वलाई लक्षित गरी राहत वितरण गरिएको थियो। लायन्स क्लब अफ सुन्दरदुलारी, सामुदायिक विकासका लागि सहयोगी हातहरुको समूह, सुन्दर सामुदायिक सिकाई केन्द्र लगायत संस्थाहरुको आयोजना साथै सुन्दरहरैंचा नगरपालिका वडा नं ६ को संयोजकत्वमा सम्पन्न भएको पर्व राहत वितरण कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नं ६ का वडाध्यक्ष जीवन राईको प्रमुख आतिथ्यता रहेको थियो भने लायन्स क्लब अफ सुन्दरदुलारीका अध्यक्ष नारायण प्रसाद घिमिरेको सभापतित्व रहेको थियो। 


कोरोना भाइरस महामारीको कारण भएको लकडाउनको अवस्थाले गर्दा लामो समय देखि काम गर्न नपाएर संकटमा परेका अति विपन्न वर्गका परिवारहरूलाई चाड पर्वलाई लक्षित गरी राहत वितरण कार्यक्रम गरिएको प्रमुख अतिथि राईले बताएका छन्।


अगाडिका दिनहरूमा पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको लायन्स क्लव अफ सुन्दरदुलारीले आज पर्व राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ भने आउने दिनहरूमा पनि अन्य सामाजिक कार्यहरुमा निरन्तर लागि पर्ने योजना रहेको सोही संस्थाका अध्यक्ष नारायण प्रसाद घिमिरेले बताएका छन्।

उक्त कार्यक्रममा जनप्रतिनिधि साथै अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.