Websoft University

धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर आज लक्ष्मी पूजा देशैभरी धुमधाँम मनाइँदै


काठमाण्डौ कार्तिक २९ गते । रातो तारा डट कम,कात्तिक कृष्ण औँसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर आज लक्ष्मी पूजा मनाइँदै छ । फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले यो दिन घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घरगोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ । घाम अस्ताउनु अघिको २५ मिनेट र अस्ताएपछिको प्रदोषकालमा उद्यमी व्यवसायीले र गृहस्थले यसपछि लक्ष्मीको आराधना गर्दा राम्रो हुने ज्योतिषी डा. सुनील सिटौलाले बताउनुभयो । आज्ञा पालक र भरपर्दो रक्षक मानिएको कुकुर पूजा पनि आजै परेको छ । आज दिउँसो १ः४९ बजेसम्म चतुर्दशी र यसपछि आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि रहेको छ । चतुर्दशीमा कुकुर पूजा र औँसी लागेपछि लक्ष्मी पूजा गर्नुपर्ने मान्यता छ ।  


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.