Websoft University

धुँवारहित सुधारिएको चुल्हो वितरण–चुलो पाए पछि गाउँलेहरु खुसिले गदगद,


काठमाण्डौ कार्तिक २९ गते । रातो तारा डट कम,हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिका वडा नम्बर १ ले २३५ वटा सुधारिएको चुल्हो वितरण गरेको छ । सरकारले अघि सारेको दिगो विकास लक्ष्य अनुसार गाउँपालिकालाई आगामी तीन वर्ष भित्रमा धुँवारहित गाउँपालिका घोषणा गर्ने योजना अनुसार चुल्हो वितरण गरिएको हो । गाउँपालिकाको वडा नम्बर १ ले वडाका सबै घुरधुरीलाई पुग्ने गरेर सुधारिएको चुल्हो वितरण गरेको वडा नम्बर १ का वडा अध्यक्ष रग थापाले जानकारी दिनुभयो ।  अदानचुली गाउँपालिका १ नम्बर वडा कार्यालय, खानोपनी, सिंचाई तथा जलस्रोत कार्यालय हुम्ला र वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको संयुक्त पहलमा आफ्नो वडा भित्र रहेका तीन गाउँका प्रत्येक घरधुरीलाई सुधारिएको चुल्हो वितरण गरेकोे हो । काठमाडौंमा तयार भएका चुल्हो काठमाडौबाट नेपालगञ्ज सुर्खेत हुँदै बाजुरोको स्थलमार्गबाट बुधबार वडामा पुगे लगत्तै सबै घुधुरीलाई बोलाएर बितरण गर्न सुरु गरी तीन दिन लगाएर बितरण गरिएको वडाले जनाएको छ । पहिलो पटक वडाका सबै नागरिकलाई पुग्ने गरेर सुधारिएको धुँवा रहित चुल्हो वितरण भएपछि स्थानीय खुशी भएका छन् ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.