Websoft University

कोरोना भाइरसबाट प्रभावित सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने– मन्त्री पार्वत गुरुङ,


काठमाण्डौ कार्तिक २९ गते । रातो तारा डट कम,सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र बुझ्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।  कोरोना महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म निर्वाह गरेकोप्रति सरकारले सम्मान गर्न चाहेको उहाँको भनाइ छ । श्रमजीवी पत्रकार र सञ्चारगृहबीच केही माग रहेको उल्लेख गर्दै उहाँले ती माग पूरा गराउन मन्त्रालयले पहल सुरु गरिसकेको जानकारी दिनुभयो । 


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.