Websoft University

प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

 

विराटनगर, ११ मंसिर । रातो तारा डट कम, प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २–२, रंगेली, पथरीशनिश्चरे, लेटाङ, ग्रामथान , कानेपोखरी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड र दमकमा १५–१५, अर्जुनधारामा ८, कनकाईमा ७, मेचीनगरमा ६, शिवसताक्षी र भद्रपुरमा ४–४, बुद्धशान्तिमा ३, कमल र झापा गाउँपालिकामा २–२, गौरादहमा १, सुनसरीको इटहरीमा १६, धरानमा १४, इनरुवामा ५, बर्जुमा २, दुहवी र हरिनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

उता इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा १, उदयपुरको चौदण्डीगढीमा ४ र त्रियुगामा १, पाँचथरको फिदिममा २, पाथीभरा याङवरकमा १, धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १, संखुवासभाको सभापोखरीमा १ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ४५९ पुगेको छ ।

प्रदेश १ मा आज २०२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १९६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ३–३ जना डिस्चार्ज भएका हुन । हालसम्म २१ हजार ४९१  ज्ना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ८२० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९५ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८७ हजार ८१८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.