Websoft University

स्थानीय तहलाई अबको २ दिनभित्र प्रगति विवरण पठाउन निर्देशन


काठमाण्डौ र्मसिर ७ गते । रातो तारा डट कम,सरकारले प्रगति विवरण नपठाउने ३ सय १९ स्थानीय तहलाई अबको २ दिनभित्र प्रगति विवरण पठाउन निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ दिन अघि ती स्थानीय तहको नामावली सहित परिपत्र गर्दै ५ दिन भित्रमा प्रगति विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्रालयले यसअघि पटक–पटक आग्रह गरे पनि ३ सय १९ स्थानीय तहबाट प्रगति विवरण नआएकाले अबको २ दिनमा पठाउनका लागि निर्देशन दिइएको मन्त्रालयका सहसचिव एवम योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख बिष्णुदत्त गौतमले सीआइएनसँग बताउनुभयो । विवरण नपठाउनेमा सबैभन्दा बढी प्रदेश २ का १ सय भन्दा बढी स्थानीय तह रहेका छन् ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.