Websoft University

दशौँ मिनेटमा फेड्रिको फर्नान्डेजले आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता पाएको थियो


काठमाण्डौ र्मसिर ७ गते । रातो तारा डट कम,चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा न्युकासल युनाईटेडलाई २–० ले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो । न्युकासलको मैदानमा खेलको दशौँ मिनेटमा फेड्रिको फर्नान्डेजले आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता बनाएको थियो । त्यसपछि खेलको ६५ औं मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाउनुभयो । जितसँगै शीर्ष स्थानमा उक्लिएको चेल्सीले ९ खेलमा १८ अंक जोडेको छ । न्युकासल ११ अंक जोडेर १३ औं स्थानमा रहेकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.